भारतको परमाणु हतियार परीक्षण

96

काठमाडौँ — सन् १९९८ मा  (मे ११) मा भारतले शृंखलाबद्ध रूपमा परमाणु हतियार परीक्षण गरेको थियो । उक्त परीक्षण राजस्थानस्थित मरुभूमिको पोखरण क्षेत्रमा गरिएको थियो । मे ११ देखि १३ सम्मका परीक्षणपछि भारतले आफूलाई आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।

पाँचवटा विभिन्न परीक्षणपछि भारतका तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीले ‘पूर्ण परमाणु राष्ट्र’ घोषित गरेका थिए । भारतमा १९९८ मा भएको चुनावमा निर्वाचित भएपछि भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएको थियो ।

उक्त चुनावमा भाजपाले भारतलाई परमाणु शक्ति सम्पन्न राष्ट्र बनाउने र कस्मीरका भूभागमा पाकिस्तानको नियन्त्रणलाई चुनौती दिने प्रतिबद्धता जनाएको थियो । भारतले परमाणु हतियार परीक्षण गरेको दुई सातापछि पाकिस्तानले चाघ्री र खरण परीक्षण केन्द्रमा भूमिगत रूपमा आधा दर्जन परमाणु परीक्षण गरेको थियो ।

ती परमाणु परीक्षणप्रति अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले एक प्रस्ताव पारित गर्दै परीक्षणप्रति खेद व्यक्त गरेको थियो । साथै सुरक्षा परिषद्को प्रस्तावमा परमाणु अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर गर्नका लागि दुवै देशलाई दबाब दिने उल्लेख थियो ।

Leave a comment