नवनियुक्त मन्त्री आचार्यले लिए शपथ, महेन्द्रराय यादवको मन्त्रालय हेरफेर

97

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ ।
अब वन मन्त्रालय मात्रै रिक्त छ ।

Leave a comment