राजनीति

बारा-२ : मतदानस्थलमा पैसा बाँड्ने जसपाका चार जना कार्यकर्ता पक्राउ

बारा । बाराको देवताल गाउँपालिका–२ कल्याणपुरस्थित मतदानस्थलमै भोटका लागि पैसा बाँड्दै हिँडेका जसपाका उम्मेदवार उपेन्द्र यादवका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जना जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता हुन् । स्थानीय मतदाताका अनुसार उपेन्द्र यादवको कार्यकर्ताले मतदातालाई प्रभावमा पार्न पैसा बाँडिरहेका थिए । अन्य पार्टीका कार्यकर्ताले थाहा पाएपछि हो–हल्ला भएसँगै ती चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतदानस्थल बाहिर हो–हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएको बताए ।

‘उनीहरु बाहिर जिल्लाका रहेको बुझिएको छ, अन्य सबै मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान जारी छ ।’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button