मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

विश्व मधुमेह दिवसको अवसरमा कलैया–१४ र फेटा–०७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बारा–विश्व मधुमेह दिवसको अवसरमा धनयोग फाउन्डेसन (Dhana Yoga Foundation) को आयोजनामा बाराको कलैया उपमहानगरपालिका–१४ तथा फेटा गाउँपालिका–०७ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

मधुमेह तथा उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको प्रारम्भिक पहिचान, समयमै व्यवस्थापन र स्वास्थ्य जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरमा कुल १६२ जना स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रवीण डायबिटिज इन्स्टिच्युटका केन्द्रीय क्षेत्रीय परियोजना संयोजक डा. सिद्धार्थ साहको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोलीले रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै अन्य स्वास्थ्य समस्याहरूको मूल्याङ्कन गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गरेको थियो।

शिविरमा विशेषगरी नियमित व्यायाम, सन्तुलित खानपान, उचित तौल कायम राख्ने, धूम्रपान तथा मदिराबाट टाढा रहने र नियमित स्वास्थ्य परीक्षण गराउनेजस्ता स्वस्थ जीवनशैलीका उपायहरूमा जोड दिइएको थियो। साथै, मधुमेह तथा उच्च रक्तचापको समयमै पहिचान र उपचारले भविष्यमा हुन सक्ने गम्भीर स्वास्थ्य जटिलता न्यूनीकरण गर्न सहयोग पुग्नेबारे जनचेतना फैलाइएको थियो।

कार्यक्रम सफल बनाउन स्थानीय स्वयंसेवकहरू दिपेश राज यादव, आदर्श यादव, प्रिती यादव, विशम राज साह, राजेश साह, सञ्जीव प्रसाद साह, सन्तोष कुमार साह, प्रदोष कुमार साह, कृति यादव, सन्दीप साह र इशान यादव ले सक्रिय भूमिका निर्वाह गरेका थिए।

बधवन स्वास्थ्य चौकी र फेटा स्वास्थ्य चौकीको सहकार्यमा सम्पन्न कार्यक्रममा घनश्याम प्रसाद साह, बृजकिशोर यादव, सुरेन्द्र प्रसाद जैसवाल, सोनालाल प्रसाद गुप्ता, सोनालाल प्रसाद कुशवाहा र पप्पु सिंह लगायत स्थानीय जनप्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक, जनप्रतिनिधि तथा सहभागी नागरिकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समुदायस्तरमा यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमको आवश्यकता औँल्याएको छ।

‘स्वस्थ जीवनशैली अपनाऔँ, मधुमेहबाट बचौँ’ भन्ने सन्देशका साथ सम्पन्न शिविरले रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा स्वस्थ समाज निर्माणको महत्त्वलाई उजागर गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button