अन्तराष्ट्रिय

अन्तराष्ट्रिय मुद्रा कोषद्वारा भारतले डिजिटल क्षेत्रमा पाएको सफलताको प्रशंसा

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमफ) ले डिजिटल प्रविधिका क्षेत्रमा भारतले गरेको विकासको प्रशंसा गरेको छ। भारतले आफनो दिगो विकासको लक्ष प्राप्त गर्न एक विश्वस्तरीय डिजिटल पुर्वाधार तयार गरेको छ, जुन डिजिटल परिवर्तनका लागि काम गरिरहेका अन्य देशका लागि पनि मार्गदर्शन वन्न सक्छ।

डिजिटल प्रविधिको उपयोग गरेर भारतले कोरोना महामारी विरुद्ध भ्याक्सिन वितरणमा तिव्र र सहज रुपमा काम गरेको थियो। यही प्रविधिका कारण भ्याक्सिन वितरणलाई तिव्रता दिन भारतलाई मद्दत पुग्यो।

भारतमा सुचना प्रविधिको प्रयोगलाई सहज वनाईयो र प्रोत्साहन गरियो। जसले जो कोहीले पनि ‘इयिडया स्टैक’ द्वारा प्रदान गरिएको सुविधाको प्रयोग गर्न सफल भए। यो सिद्धान्त शिक्षा र स्वास्थ्यसहित अन्य विश्वस्तरीय डिजिटल पुर्वाधारमा पनि लागु हुन्छ। यसै अन्तरगत कोभिड–१९ भ्याक्सिन र वितरण प्लेटफर्म ‘कोविन’ पनि समावेश छ।

आईएमएफका अनुसार डिजिटल प्रविधिको उपयोगले भारतमा भ्याक्सिन वितरण तिव्रता दिन र अन्य धेरै ठुला चुनौतीको सामना गर्न पनि सहयोग पुग्यो। ‘कोविन’ प्रविधिलाई इण्डोनेशिया, फिलीपीन्स, श्रीलंका र जमैकामा भ्याक्सिन कार्यक्रमलाई सहज वनाउन प्रयोग गरिएको थियो।

आईएमएफले भनेको छ–‘भारतले आइडेंटिटी लेयरको विकासमा सूचना प्रविधिको महत्व वुझेको छ। आधार कार्ड अस्तित्वमा आउनु अघि पनि भारतमा विभिन्न परिचय पत्र र डेटाबेस (जस्तैः प्यान ट्याक्स आईडी, राशन कार्ड) आदि थिए। यद्यपी कुनैमा पनि विश्वब्यापी कभरेज, ग्यारेन्टी र एक अर्बभन्दा वढि नागरिकलाई सम्हाल्ने क्षमता थिएन।

कार्यपत्रमा नरेन्द्र मोदी सरकारद्वारा शुरू गरिएको ‘प्रधानमन्त्री जन धन योजना (पीएमजेडीवाई)’ को प्रशंसा गर्दै भनिएको छ–‘आवश्यक नीति मार्फत प्रतिस्पर्धी, खुला र सस्तो सञ्चार वजार तयार भएको र मोवाईल डामा ९० प्रतिशतले कमी आई डाटा प्रयोगमा अप्रत्यासित वृद्धि भयो। नोटबन्दीले यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) सहित भुक्तानीका अन्य डिजिटल तरिका धेरै प्रयोग भए। गतान के अन्य तरीकों का अधिक इस्तेमाल हुआ। यसले डिजिटल प्रविधिको प्रयोग, चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न मद्दत गर्यो।’

आईएमएफले भनेको छ– यो डिजिटल पुर्वाधार प्रविधिको प्रयोग गरेर भारतले महामारीका समयमा निम्नवर्गिय परिवारमा प्रभावकारी र छिटो सेवा सुविधा पुर्याउन सफल भयो। ‘स्टैकिङ अफ द बेनिफिट्स लेसन्स फ्राम इडिडयाज डिजिटल जर्नी’ मा भनिएको छ– सरकारले उत्प्रेरकको भुमिका निभायो र इण्डिया स्टैक सञ्चालनमा निरन्तरता सुनिश्चित गर्यो।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button