Modern technology gives us many things.

पाकिस्तानका गृहमन्त्रीले चेतावनी दिँदै भने, ‘अब कि इमरान छैनन् कि हामी’

88

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पूर्व प्रधानमन्त्री इमरान खानले राजनीतिलाई ‘दुस्मन’मा परिणत गरेको बताएका छन् ।

राणा सनाउल्लाहका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले स्थितिलाई त्यो हदसम्म ल्याएका छन् जहाँ कि त उनी छैनन् कि हामी ।

एक निजी टिभी च्यानललाई दिएको अन्तरवार्तामा पाकिस्तानका गृहमन्त्रीले इमरान खानलाई आफ्नो सत्ताधारी दल आफ्नो अस्तित्व बचाउन कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।

राणा सनाउल्लाहले भने, ‘सत्तारुढ पिएमएल–एनलाई लाग्छ कि उनको अस्तित्व खतरामा छ र ऊ आफ्नो प्रमुख विरोधीविरुद्ध कुनै पनि हदसम्म जानेछ ।’

पीटीआई नेता असद उमरले यो बयानमा आफ्नो प्रतिक्रिया दिएका छन् । असदले भने, ‘अदालतले यस विषयमा ध्यान दिनुपर्छ ।’

imranअदालतमा इमरान खान हाजिर 

गत वर्ष नोभेम्बरमा पन्जाबको वजिराबादमा इमरान खानमाथि आक्रमण भएको थियो । त्यसपछि उनले राणा सनाउल्लाहमाथि आरोप लगाएका थिए । उनले पाकिस्तानका प्रधानमन्त्री र थुप्रै अधिकारीमाथि पनि आरोप लगाएका थिए ।

सनाउल्लाहले इमरान खानको भनाइका कारण दुवै पार्टीका समर्थकबीच मतभेद उत्पन्न भएको बताए ।

पाकिस्तानको अखबार डनले उनलाई उद्धृत गर्दै भनेको छ, ‘कि त उनी वा हामी (एक अर्काका समर्थकहरू मार्फत) मारिन सक्छौँ ।’

यस्ता अभिव्यक्तिले पाकिस्तानमा अराजकता निम्त्याउन सक्दैन र भनेर सोधिएको प्रश्नमा गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा पहिलेदेखि नै अराजकताको अवस्था रहेको बताए ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज (सोमबार) इस्लामावाद उच्च अदालतमा उपस्थित हुनुपर्नेछ । उनी लाहोरबाट इस्लामावाद जाँदै छन् ।

Leave a comment