नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका एमडी बसरुद्दिन अंसारी को छोरा प्रहरी हिरासतमा

62

बिरगंज ।

युवती संग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीको छोरासहित ६ जनालाई हिजो जिल्ला प्रहरी कार्यालय पर्साले गिरफ्तार गरेर हिरासतमा राखेको खबर प्राप्त भएको छ ।

स्रोतका अनुसार घन्टाघर र बसपार्कको बिचमा हिजो एक युवतीलाई छेडखानी गर्दा बसपार्कमा खटेकाे प्रहरीले बसरुद्दिन अंसारीको छोरा सहित रहेको ६ जना युवाहरूको समूहलाई सम्झाउन खोज्दा उल्टै प्रहरी समेतलाई अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी गएर सो समूहलाई गिरफ्तार गरेर ल्याएको थियो ।

हामीलाई प्राप्त जानकारी अनुसार प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीका छोरा जहांगिर अंसारी बर्ष २५, आदित्य गिरि बर्ष २४, फिरोज अंसारी बर्ष ३२, अल्फाज अंसारी बर्ष ३१, तारीक अंसारी बर्ष २७ र आशिष साह बर्ष २४ प्रहरी हिरासतमा रहेको बुझिएको छ।

नारायणी अस्पतालमा हिजो परिक्षण गराउन जांदा केहिले अत्यधिक मात्रमा मापसे गरेको अस्पताल स्रोतले जनाएको छ । साभार: अंकुश दैनिक

Leave a comment