चार दिने नमुना युवा नगरसभा प्रशिक्षण कार्यक्रम सम्पन्न।

77

वीरगन्ज, १८ फागुन

पर्साकाे पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति पर्सा र युवालयकाे समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रा.लि.द्वारा आयाेजित पर्सागढी नगरपालिकाको सहयाेग अभ्यास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पर्सागढी नगरपालिकाका नौ वटै वडाका युवाहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास, लाेकतन्त्र र लाेकतान्त्रिक संस्कारकाे विषयमा तालिम दिईएकाे थियाे । आयाेजक संस्थाका अध्यक्ष सुनिल राैनियारकाे अध्यक्षतामा भएको सम्पन्न समाराेहमा मन्तव्य राख्दै पर्सागढी नगरपालिकाकि उपप्रमुख पूजा चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् ।

साथै युवालय को अध्यक्ष सन्तोष महर्जन ले युवाहरु को कुनै पनि कार्यमा युवालय को सहयोग र सहकार्य रहनेछ भनी बताए । जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास युवामै नगरपलिका बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास, सामुदाियक वन उपभोक्ता जिल्ला महासंघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरी, युवालयका अध्यक्ष संताेष महर्जन , युवालय को प्रशासन प्रमुख प्रमोद श्रेष्ठ र लगायतका व्यक्तिले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण रामनिवास यादवले गरेका थिए । चारदिनसम्म युवा सञ्जालका अभिनास कार्की, श्याम साह र सुहाना मिश्रले प्रशिक्षण दिएकाे युवालय पर्साका संयाेजक राहुल साहले बताए ।

Leave a comment