Uncategorized

सन्त रामपालजी महाराजका अनुयायी द्वारा जनकपुरमा निकालियो विशाल भव्य आमन्त्रण र्‍याली :

वीरगञ्ज, १ फागुन

जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको बोध दिवसको अवसरमा मिति २०७९ फाल्गुन ३,४ र ५ गते सतलोक आश्रम धनुषामा हुन गइरहेको विशाल भण्डारा,सत्संग,रक्तदान तथा अखण्ड पाठको कार्यक्रममा सहभागी हुनका लागी समस्त मानव समाजलाई निमन्त्रणा दिने उद्देश्यले आज सोमबार सन्त रामपालजी महाराजको सान्निध्यमा उनका अनुयायीहरु द्वारा विशाल भव्य र्यालीको निकालिएको छ। बेलाचापी महेन्द्रनगर स्थित सतलोक आश्रम धनुषा बाट निकालिएको उक्त र्याली महेन्द्रनगर बजार,जनकपुरका विभिन्न चोकहरु तथा धनुषाधाम हुँदै पुन: सतलोक आश्रम धनुषामा पुगेर समापन भएको छ। करीब ७० कि.मी. को उक्त र्यालीमा हजारौंको संख्यामा मोटरसाइकल,कार,जीप,मिनी ट्रक लगायतका यातायातका साधनहरु लिएर अनुयायीहरु सहभागी भएका थिए ।

भण्डाराका लागी निमन्त्रणा दिंदै कबीर साहेब नै सबै शास्त्रहरुमा लेखिएको भगवान भएको भनेर आह्वान गर्दै र्याली अगाडी बढेको थियो। वर्तमान समयमा विश्वमा एक मात्र तत्वदर्शी संत रामपालजी महाराज भएको र १७ फरवरी सन १९८८ को दिन उहाँले आफ्नो गुरु स्वामी रामदेवानन्द जी संग दिक्षा ग्रहण गर्नुभएकोले त्यस महत्वपूर्ण दिनको स्मृतिमा उहाँको बोध दिवस मनाइएको जानकारी सन्त रामपालजी महाराजका अनुयायीले दिनुभयो । समाजका सबै विकृति अन्त्य गरी स्वच्छ,सभ्य समाज निर्माण गर्ने,वास्तविक मोक्ष मार्ग बताएर धरतीलाई स्वर्ग बनाउने र विश्वको उद्धार गर्ने सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको कुरा पनि अनुयायीहरुले बताए।

यसै अभियानलाई सफल पार्न सन्त रामपालजी महाराज तथा उनका अनुयायी हरु हरेक समय लागिपरेको र सोहि अनुरुप परिणाम पनि समाजमा देखिइरहेको दाबी उनको संस्था पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अध्यक्ष कुमार डंगोल ज्युले दिनुभयो। बच्चा देखि वृद्ध सबै उमेर समुहका तथा नेपाल भारत सिक्किम लगायत विभिन्न स्थानबाट आएका भक्तजनहरुको उत्साहजनक सहभागीता र्यालीमा देखिइयो। प्रशासन को सहयोग भएपनि स्वयंसेवकहरु स्वयंले नै एकदमै मर्यादित ढंगले आफैं र्यालीलाई व्यवस्थापन गरी अनुशासित राखेकाले र्याली एकदमै उदाहरणीय थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button