अन्तराष्ट्रिय

अमेरिकी विदेशमन्त्रीलाई हामी चीनमा स्वागत गर्छौंः प्रवक्ता वाङ

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जाने भएका छन् । दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक हुने समाचारपत्र पोलिटिकोले जनाएको छ ।

विदेशमन्त्रीले आफ्ना चिनियाँ समकक्षी छिन कङसँग भेटवार्ता गर्ने उनको भ्रमणसँग परिचित वासिङ्गटनस्थित कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त अखबारले जनाएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालय र चिनियाँ सरकारले भ्रमणसम्बन्धी विवरण जारी गरेका छैनन् ।

विदेशमन्त्री ब्लिन्केनको बेइजिङ भ्रमण गत नोभेम्बरमा इन्डोनेसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भेटवार्ता, त्यस क्रममा भएका समझदारीको कार्यान्वयनका निम्ति थप छलफल गर्ने नियमित एवम् निरन्तर कूटनीतिक अभ्यास हो । यो भ्रमणबाट तनावमा गुज्रिरहेको अमेरिका–चीन सम्बन्धलाई थप फलदायी बनाउन मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button