पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको कमजोरी लुकाउन शोकमै हतार हतार मन्त्रिपरिषद् विस्तार, चिनियाँहरुको यस्तो खेल
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाको कारण रहेको देखिएको छ । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएकाले प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय मान्यता पाउनेमा नै शंका उब्जिएको छ । अन्तर्राष्ट्रिय मान्यता नपाएपछि आन्तरिक उडानमै सीमित गरिएको छ । पुरानै विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय भनेर हतार हतार सञ्चालनमा ल्याइएको विमानस्थलमा आन्तरिक उडान सिफ्ट गरिएको छ । विमानस्थलको सुरक्षाप्रति पनि प्रश्न कायमै छ ।