अन्तराष्ट्रिय

जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो

काठमाडौं। भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का स्कुल अफ इन्टरनेशनल स्टडिजका डीनएवं चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले दक्षिण एसियाको पूर्ण आधुनिकीकरण लागि ८ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी आवश्यक भएको बताएका छन्।

चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का बारेमा बोल्दै उनले यसले दक्षिण एसियामा अनिश्चितता, आतङ्कवाद, हिन्द महासागरमा पाइरेसी जस्ता अशान्तिहरू मात्रै सिर्जना गर्ने देखिएको बताएका छन्।
जापानको ऋण लगानीमा दिल्ली मेट्रो ०.००२ प्रतिशत ब्याजदर र ५२ वर्षको भुक्तानी अवधिसहित सम्झौता भएको उदाहरण दिँदै उनले कम भन्दा कम ब्याजदर र लामो भुक्तानी अवधिका परियोजनाहरू र तीनले अर्थतन्त्रमा सकारात्मक नतिजा दिने निष्कर्ष सहित मात्रै सम्झौता गरिनु पर्ने बताएका छन्।
सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले आयोजना गरेको जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले यस्तो बताएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button