Modern technology gives us many things.

श्री नरसिंह मन्दिरमा आज सानो दीप नामक संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न

114

पर्सा, ०३ कार्तिक

श्री नरसिंह मन्दिरमा आज सानो दीप नामक संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मंदिरको वरपर धेरै फोहोर भएको हुनाले पर्ब को दिनमा पनि सफा नभएको थाहा पाए पछी सो संस्थाको अगुवइमा नृषिङ मा बि का विद्यार्थीहरुको सहयोगमा सरसफाई गरेको र आउने दिनमा पनि सरसफाई गरी रहने संस्था का अध्यक्ष कृष कुर्मीले बताए।

कृष कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नृसिंह माध्यामीक विद्यालयका प्रधानाध्यापक विनोद मेहता,बिशिस्ट अतिथीमा नेपाल विद्यार्थी संघ का अध्यक्ष इन्जिनियर रमेश यादव ,संस्थाका सल्लाहकार नबील समानी , सदस्य अनिशा पटेल, राजीव यादव, प्रिन्स मलिक, आलोक सर्राफ केशव सिंह, स्कूलका विद्यार्थीहरू लगायतको उपस्थित रहेको थियो ।

Leave a comment