गत स्थानीय चुनावमा विजयनगर गाउँपालिका अध्यक्ष पदमा उठेका जनता समाजवादी पार्टीका उम्मेदवार जानकी प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश
कपिलवस्तु ।
गत स्थानीय चुनावमा विजयनगर गाउँपालिका अध्यक्ष पदमा उठेका जनता समाजवादी पार्टीका उम्मेदवार जानकी प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा एमाले उम्मेदवार गाेपाल थापासँग झिनाे मतान्तरले पराजित भएका यादवले शुक्रबार ताैलिहवामा पार्टीकाे सदस्यता लिई राप्रपा प्रवेश गरेका हुन् । उनीसँगै लामाे समयदेखि व्यापार गर्दै आएका सामाजिक व्यक्तित्व यादवका दाइ छबिलाल यादवले पनि पार्टीमा प्रवेश गरेका छन् ।
राप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य, शिवराज नगरप्रमुख अजय थापा, स्वास्थ्य विभाग केन्द्रीय सदस्य प्रकाश रजौरिया, केन्द्रीय सदस्य ध्रुव रायमाझी लागयतको पहलमा जानकी प्रसाद यादवले राप्रपा प्रवेश गरेका हुन् । लामाे समयदेखि विभिन्न पार्टीमा प्रवेश गर्दै,छाेड्दै राजनीतिकाे लडाइँ लड्दै आएका यादवले अहिले राप्रपामा प्रवेश गरि जनताको सेवा गर्ने बताएका छन् । देश र जनताकाे हितमा राप्रपा पार्टी मात्र भएकाे बताउँदै राप्रपाले देशकाे शिर झुक्न नदिने र जनताले समेत राप्रपा चाहेकाे दाबी गरे ।
प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर ३ काे ‘ख’ बाट यादवले उम्मेदवारी दिने प्रबल सम्भावना देखिएकाे छ । कृष्णनगर नगरपालिका प्रमुखमा राप्रपाबाट उम्मेदवारी दिएका दिपक रजाैरियाले पनि झिनाे मतान्तरले नेपाली काँग्रेसका रजत प्रताप शाहसँग पराजित भएका भएका थिए ।
यता शिवराज नगरपालिका प्रमुखमा राप्रपाबाट अजय थापाले लाेकप्रिय मतले विजयी भएपश्चात राप्रपाप्रति जनताकाे आकर्षणसमेत बढ्दै गएकाे छ । चारैतिरबाट जनताले राप्रपालाई जिताए मात्र देशले काँचुली फेर्ने राप्रपा नेताहरुले दाबी गरेका छन् । उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाले जिते जतनाले पछुतो हुनु नपर्ने तर्कसमेत गरेका छन् ।