राजनीतिराष्ट्रिय

सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ।

बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो।

जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ। सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन।

हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी भएर सिटको ‘बार्गेनिङ’ गरेका थिए। सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ। तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन्।

गठबठन्धनको बैठक शुक्रबार बिहान पुनः बालुवाटारमा बस्ने भएको छ। दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच मात्रै भागवण्डा गर्ने प्रस्ताव राख्दै बिहीबार बेलुकी बैठक सकिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button