काठमाडौं – विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमै फर्किएकी छन् । यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट विवेकशील साझा पार्टीको तर्फबाट उनी उम्मेदवार बनेकी थिइन्।
त्यसबेला उनले राम्रै मत ल्याएकी थिइन् । श्रेष्ठलाई सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएर स्वागत गरेका छन् । उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै आफू पार्टी प्रवेश गरेको बताइन् ।
चर्चित सञ्चारकर्मीसमेत रहेकी श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राम्रो एक्सपोजर पाएकी छन् ।
कांग्रेस प्रवेश गरेकी श्रेष्ठलाई पार्टीले उचित भूमिका र जिम्मेवारी दिने भएको छ । श्रेष्ठलाई कांग्रेसमा फर्काउन नेता भीमसेनदास प्रधानले विशेष भूमिका निभाएका थिए ।