सिरहामा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै पुतला दहन
सिरहा । सिरहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै विरुद्ध प्रदर्शन गरेका छन ।
नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।