नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताए

117

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्।

काठमाडौंमा शुक्रबार भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन्।

उनले बीआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए। उनले चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भएपनि बीआरआई आउँछ भन्ने आशा नभएको बताए। पूर्व अर्थमन्त्री पाण्डेले नेपाल चीनको मनोविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे।

उनले भने,‘नेपालसँग चीनको सिमित मात्रै चाहना रहेको छ। जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो। बीआरआईको कुरा गर्दा पनि चीनको एग्रेशिप योजना छैन सामान्य मात्रै देख्छु। काम गरिरहेको छ तर प्रगति केही छैन। अहिले जसरी बीआरआई एग्रेशिप भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ। मलाई पत्यार लागेको छैन। चीनबाट बीआरआई आउँछ भन्ने लाग्दैन। त्यसकारण चीनको यो मनोविज्ञानलाई बझेर अगाडि बढ्नुपर्छ। पाण्डेले नोपलमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए। ’एमसीसी आउँदा चीनको चिन्ता चासो उठाएको होला। नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउँछ। भारतले नै नेपाललाई धेरै सहयोग आउन दिँदैन। त्यसकारण नेपाली यो सेन्सेटिभिटीलाई हेरेर वैदेशीक लगानी सम्बन्धि नीति बनाउनुपर्छ,’ उनले भने,।
भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरुको स्वार्थलाई बुझेर मात्रै वैदेशीक लगानीसम्बन्धी नीति बनाउनुपर्ने बताए।
पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताए। उनले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताए।

Leave a comment