राजनीतिराष्ट्रियसमाचार

चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो

काठमाडौं, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ र रिहा प्रकरण बल्झिँदै गएको छ । विना कारण मध्यराति सुतेकै अवस्थामा पक्राउ गरी प्रहरी कार्यालय ल्याएर ११ घन्टापछि रिहा गरिएको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर रूपमा लिएको छ ।

त्यसमाथि प्रहरी हिरासतमा रहेका राणालाई भेट्न पुगेको मानवअधिकार आयोगको टोलीलाई भेट्न नै नदिई फर्काइएपछि मानव अधिकार आयोगले
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ ।

मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए ।

आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि डाकिएको उनको भनाइ छ ।

आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब एक घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो । यसबारे आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।

राणालाई पक्राउ गरेको विषयले सोमबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै तातेको छ । विपक्षी दलहरूले यसबारे सरकारको कटु आलोचना गरेका छन् । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनीहरूको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button