काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलवार चीन भ्रमणमा जाने भएको छ ।
तीन दिने भ्रमणको शिलशिलामा आज त्यस तर्फ जान लागेको हो ।
साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताए ।
परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभइ ती विषयहरू सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई देशबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताए ।