बढ्दै चीनको नाटकः वर्षौंदेखि अरुको सिमा मिच्दै

91

चीनले वर्षौंदेखि भुटानको भूमिमा क्रमशः तथा गोप्य तरिकाले अतिक्रमण गर्दै गएको नयाँ अध्ययनले देखाएको छ । भुटानको भूमिमा आठ किलोमिटरभित्र चीनले गाउँ, सडक, विद्युतीय भट्टी, कम्युनिस्ट पार्टीका दुई भवन, सञ्चार बेस, सेना र प्रहरीको आउटपोस्ट बनाएको अस्ट्रेलियाको न्युज साइट न्युज डट् कम डट् एयूले प्रतिवेदनलाई उद्धृत गर्दै लेखेको छ ।

चीनका अगाडि भुटान निकै सानो मुलुक हो र उसले आफ्नो भूभाग गुमाउँदा पनि केही पनि गर्न सक्दैन, अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । बहुसंख्यक मानिस बौद्ध धर्मावलम्बी रहेको भुटान र तिब्बतको संस्कृति धेरै हदसम्म मिल्छ । कूटनीतिक र आर्थिक रूपमा थिम्पु दिल्लीसँग नजिक छ । चीनको त दूतावास समेत भुटानमा छैन ।

भुटान र चीनबीचको ४७० किलोमिटर लामो सीमाका विषयमा विमति छ । भुटानको स्वामित्व रहेको १२ प्रतिशत भूभाग चीनले दाबी गरेको बताइन्छ । केही समयअघि दुई देशबीच खुन्मिङमा सीमाका विषयमा २५औं वार्ता भएको थियो । चीनले विवादित भूमिहरूमा सडक बनाउने काम गर्र्दै आएको छ । तर अर्को देशको भूभागमा एउटा पूरा शहर बनाउनु आश्चर्यजनक भएको न्युज डट् कम डट् एयूले लेख्छ ।
ग्यालाफुगमा चीनले बनाएको गाउँमा सयौं मानिस र याकहरू बस्न मिल्ने अनुमान छ । निर्माण मजदूर, पार्टी क्याडर, प्रहरी र सैनिकहरू पनि रोटेसनमा त्यहाँ रहने गरेका छन् ।

Leave a comment