मधेससमाचारस्वास्थ्य

बिधालयमा स्वास्थ परिक्षण सुरु

रमेश साह
बारा/ कलैया २५ चैत 
बारा जिल्लाको कलैया उपमहानगरपालिकाका १० वटा समुदायिक बिधालयमा स्वास्थ परिक्षण सुरु गरेको छ।
कलैया उपमहानगरपालिका वडा:-२ दोहरी स्थित अमर मा. बि . छात्रछात्राहरुलाइ स्वास्थ परिक्षण मार्फत मुख आँखा, नाक,कान ,घाँटी,बाल स्वास्थ्य लगायत जेनरल फिजिसियन बिहिवार र शुक्रवार बिशिशेज्ञ डाक्टर हरु संग चेकजाँच गरिएकोछ।चेकजाँच पछि नेपाल सरकार बाट उपलब्ध भएको ५२ वटा निशुल्क औषधि र ४४ वटा आवश्यक रहेको औषधि ९६ वटा वितरण गर्ने गरेको कलैया उपमहानगरपालिकाका सहायक स्वास्थ प्रमुख अजय जयसवाल बताएकाछन,परिक्षण सिबिरमा मलेरिया,कालाजार,टिसि,डिसि,इएसआर,एचबि दिशा पिसाब को लैंब चेकजाँच गर्ने गरेको सहायक जयसवालले बताए। सिबिरमा मुख सम्बन्धि डा. मुकेश यादव,डा.चान्दनी यादव,आँखा सम्बन्धि डा . राहुल कुमार साह,डा. दिपरंजन साह,दिपा सिंह नाक,कान,घाँटी नर्भिक पोलिक्लिनिक कलैयाका डा. अशोक कुमार गुप्ता,बाल स्वास्थ सम्बन्धि मनोज यादव फिजिसियन डा. राजिव यादव लगायतकाले बिधालय पढने छात्रछात्राहरुलाइ चेकजाँच गरि सल्लाह सुझाव दिने गरेकाछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button