मधेससमाचार

होलीको अवसरमा वडा अध्यक्ष आलम द्वारा रामेश्वरनाथ युवा क्लब उद्घाटन।

वीरगञ्ज, ४ चैत्र

हिन्दूहरूको महान पर्व होलीको अवसरमा आ पर्सागढी नगरपालिका वडा नं ५ टोल हर्दिया मा एक कार्यक्रमका बीच होली मिलन तथा नाथ युवा क्लब को उद्घाटन वडा अध्यक्ष असलम आलम ले गरेका छन्। वडा नं ५ को विकासमा योगदान पुर्याउदै आएका वडा अध्यक्ष आलमले आज हिन्दुहरूको महान पर्व रंगउत्सव होलीको अवसरमा एक नयाँ कामा को थालनी गरेका छन्। वडा नं ५ टोल हर्दियाका युवा समाजमा नयाँ उर्जा थपेका छन्। हर्दिया टोलमा रामेश्वरनाथ युवा क्लब को रिवन काटेर वडा अध्यक्ष आलमले उद्घाटन गरेका हुन्।

 

क्लब उद्घाटन तथा होली मिलन कार्जक्रममा बोल्दै अध्यक्ष आलमले वडा का युवाहरु संगठित हुन जरुरी छ र युवा समाज को लागि जे जति सहयोग चाहिन्छ म गर्ने तयारी छु भन्ने प्रतिबद्धता वडा अध्यक्ष आलमले गरेको हुन्। सो कार्यक्रममा क्लब का अध्यक्ष राजेश प्रसाद यादव, उपाध्यक्ष गिरजा देवी, सचिव, प्रेम तिवारी, कोषाध्यक्ष श्रीलाला यादव अतिथि जनता समाजवादी पार्टी नेपाल पर्साका जिल्ला सदस्य अशोक यादव, शिवमतिया अहिरिन , योगेन्द्र साह, सतिया देवी,समाजसेवी रमेश यादव, धर्मेन्द्र यादव, अमिका यादव, रामायण यादव, कन्हैया यादव,राजु माझी, श्रीकान्त चौधरी,जगत राम लगायतका का सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button