भारतीय विदेश सचिव मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं, १८ कात्तिक । भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार बिहान मात्रै काठमाडौं आइपुगेका मिश्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने तथा दुई देशबीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नेलगायतका विभिन्न विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् । दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे थियाे ।
सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आसन्न भारत भ्रमणलगायतको विषयमा छलफल गर्ने भएका छन् । बालेन आगामी मंसिर ६ र ७ गते भारतकाे भ्रमणमा जाने तय भएकाे छ ।



