समाचार

घाँस काट्न रुख चढेका ६४ वर्षीय वृद्धको लडेर ज्यान गयो

बारा  जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक वृद्धको ज्यान गएको छ।
स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङको बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार थिङ बिहान करिब ८ः१० बजे आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काटिरहेका थिए। सोही क्रममा अचानक सन्तुलन गुमाउँदा उनी रुखबाट तल खसेका थिए।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल सिमरा नगर अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान ८ः४९ बजे नै मृत घोषणा गरेका थिए।
घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरीले बिहान ९ः३७ बजे घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ।
घटनाको वास्तविक अवस्था र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button