समाचार

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

 रौतहटमा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चोकमा चेकजाँचका क्रममा भारत बिहारको मोतिहारी जिल्ला सन्तपुरका ३५ वर्षीय गोविन्दा दास पक्राउ परेका हुन्।

उनको साथबाट कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पुष्टि गरेका छन्।

उनका अनुसार पक्राउ परेका दासमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

भारतसँग खुला सीमा जोडिएको रौतहटमा पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button