समाचार

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहा, ६ असोज। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको १३ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको हो।

नेपालबाट भारततर्फ लैजाँदै गरिएको र भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरिएको अवस्थामा उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामग्रीहरूमा लत्ताकपडा, किराना सामान, सुर्तीजन्य पदार्थ, कस्मेटिक, जुत्ता, खेलौना, हार्डवेयर सामग्री, पेय पदार्थ, मदिरा, इन्धन तथा ओसारपसारमा प्रयोग गरिएका मोटरसाइकलसमेत रहेका छन्।

नियन्त्रणमा लिइएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी दाखिलाका लागि सिरहा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button