समाचार

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको राजधानी रियादमा शनिबार बिहान भएको हुथी आक्रमणको “कडा शब्दमा” निन्दा गरेको छ।

 

यमन सरकारले उक्त आक्रमणलाई साउदी अरबको सार्वभौमिकतामाथिको “खुला उल्लङ्घन” भनेको छ।

 

यमनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार आक्रमणको सम्पूर्ण जिम्मेवारी हुथी विद्रोहीहरूमाथि थारिएको छ। साथै, हुथीहरूलाई निरन्तर सैन्य सहयोग उपलब्ध गराउँदै आफ्नो क्षेत्रीय एजेन्डा पूरा गर्न प्रोत्साहित गरेको भन्दै मन्त्रालयले इरानी शासनलाई पनि यसको जिम्मेवार ठहर्‍याएको छ।

 

विज्ञप्तिमा साउदी अरब र साउदी नेतृत्वको गठबन्धन सेनाले आक्रमण रोक्न तथा राज्यको सुरक्षा सुनिश्चित गर्न चाल्ने जुनसुकै कदमप्रति पूर्ण समर्थन रहने स्पष्ट पारिएको छ। साउदी अरबबाट निरन्तर सैन्य सहयोग प्राप्त गर्दै आएको यमन सरकारका साथै इजिप्ट, जोर्डन, बहराइन र खाडी सहयोग परिषद्ले समेत उक्त आक्रमणको संयुक्त रूपमा भत्सर्ना गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button