पूर्णबहादुर खड्का महाधिवेशन प्रक्रियामा सहभागी भएनन्, धेरै नेता छानिए सर्वसम्मत

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी नहुने भएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अन्र्तगत कर्णालीका अधिकांश जिल्लामा शनिबार सम्पन्न भएका वडाअधिवेशनबाट अधिकांश हेभिवेट नेताहरु प्रतिनिधिको रुपमा सर्वसम्मत चयन भएका हुन ।
‘पूर्ण दाई महाधिवेशन प्रक्रियामा सहभागी हुनुभएन । अन्य नेताहरु पूर्वमाननीय हृदयराम थानी, नारायण कोइरालासहितका अधिकांश नेताहरु सर्वसम्मत रुपमा प्रतिनिधि चयन हुनु भएको छ ।’ काग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सचिवसमेत रहेका देवकुमार सुवेदीले भने, ‘जिल्ला भरुका एक दुई वडामा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । अन्य वडामा सांहार्दपूर्ण रुपमा अधिवेशन सम्पन्न भएका छन् ।’
उता, नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशका नेता, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि हुम्ला जिल्लाबाट सर्वसम्मत् प्रतिनिधि चयन भएका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका-५ बाट उनी प्रतिनिधि चयन भएका हुन् ।
यस्तै जुम्लाबाट नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि निर्बिरोध प्रतिनिधि चयन भएका छन । उनी रास्ट्रिय सभा सदस्यसमेत हुन् ।



