Modern technology gives us many things.

सुटकेसभित्र मृत भेटिएकी रुबिको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

29

 रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

Leave a comment