मोना मलेशियाको दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम आयोजना हुने।

38

क्वालालम्पुर (मलेसिया):= म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति – मोना मलेशियाले आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहीँ सेप्टेम्बर १४ तारिख २०२५ आईतबारको दिन
समय:- बिहान १०:०० बजे देखि साझ ०५:०० बजे सम्म क्वालालम्पुर कोतारायाको घण्टाघर नजिकै रहेको होटेल “COSMO HOTEL KUALA LUMPUR 13-15, LEBOH AMPANG 50050 KUALA LUMPUR” को भवनमा भव्य रूपमा सम्पन्न हुने भएको हो ।

मोना मलेसियाले विभिन्न संघ–संस्था, क्लब , ब्यावसायी , बुद्धिजीवी , राजनीतिक दलका नेता लगायत सम्पूर्ण यो ऐतिहासिक कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय, सुझाव र सहभागिता मार्फत दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशनलाई सफल तथा भव्य बनाउनको लागि हार्दिक अनुरोध सहित निमन्त्रणा समेत गरेका छ्न ।

कार्यक्रमबारे थप जानकारीको लागि: पूर्ण प्रसाद रोका : +६०११११४५००८७  /  लाल बहादुर रोका “एलबी मगर” : ०१६५५५५६९० मा सम्पर्क गर्न सकिने आयोजक संस्थाले जनाएका छ्न ।

Leave a comment