अपराधराजनीतिसमाचार

गैरआवासीय नेपाली संघ मलेसियाको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेदवारी

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि आगामी अगस्ट ३१ मा हुने नवौं अधिवेशनमा समाजसेवी बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

करीब दुई दशक लामो मलेसिया बसाइमा लिम्बु श्रमजीवी नेपाली समुदायका समस्या समाधानमा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न सामाजिक कार्यमार्फत नेपाली समुदायलाई सहयोग गर्दै निरन्तर योगदान दिएका छन्।

गत कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका लिम्बु यसपटक उपाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्। संस्थाभित्र समावेशी नेतृत्व, व्यावहारिक काम र सहकार्यलाई प्राथमिकता दिने उनका कारण उनलाई **“कम बोल्ने, बढी काम गर्ने सालिन र भद्र उम्मेदवार”**का रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button