खेलकुदमलेसिया बिशेष

मलेसिया ओपन तेक्वान्दोमा नेपालीको सुनौलो प्रभुत्व: तीन स्वर्ण, एक रजत।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण र एक रजत पदक जितेको छ।

पुरुष ४० केजीमुनि तौल समूहमा केनिश खड्काले फाइनलमा मलेसियन प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण पदक तथा च्याम्पियनसिप बेल्ट हात पारे।

त्यस्तै, ६६ केजी तौल समूहमा गोविन्द योञ्जन तामाङले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण र बेल्ट जिते।

स्पिड किक विधामा आयुश बोहराले मलेसियन खेलाडीमाथि विजय हासिल गर्दै स्वर्ण तथा बेल्ट आफ्नो बनाएका छन्।

७४ केजीमुनि सन्दीप बस्नेत भने फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित हुँदै रजत पदकमा सीमित भए।

नेपाली टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरे रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button