गैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषराष्ट्रियसमाचारसमाज

मलेसियामा नेपाली श्रमिकका समस्या समाधानका लागि श्रममन्त्रीसँग एनआरएनए उपाध्यक्षको भेट

क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष नारायण अधिकारीले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीसँग भेटघाट गरी मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या बारे छलफल गरेका छन्।

अधिकारीले सम्झौता विपरीतको काम, स्वास्थ्य बीमा अभाव, र आपतकालीन सहयोगमा ढिलाइजस्ता गुनासाहरू राख्दै नेपाल–मलेसिया सरकारबीच द्विपक्षीय संवादद्वारा दीर्घकालीन समाधानको आग्रह गरेका थिए।

उठाइएका मुद्दाहरू गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्। उनले श्रमिक हितका लागि कूटनीतिक पहल गर्ने र सुधारका कदम चालिने प्रतिबद्धता जनाएका छन्।

एनआरएनए मलेसियाले यो भेटले हजारौं नेपाली श्रमिकको आवाज नीतिगत तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button