राजनराज सिवाकोटी गैरआवासीय नेपाली संघको सांगीतिक कार्यक्रमका लागि मलेसिया आइपुगे।

क्वालालम्पुर:=मलेसियामा प्रख्यात नेपाली संगीतकार तथा गायक राजनराज सिवाकोटी गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया शाखाको आयोजनामा हुन गइरहेको विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन मलेसिया आइपुग्नु भएको छ।

उहाँ शनिबार बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलमा गैरआवासीय नेपाली संघका पदाधिकारी, नेपाली समाजका अगुवा तथा संगीतप्रेमीहरूले उहाँलाई भव्य स्वागत गरेका थिए।

साङ्गीतिक कार्यक्रममा राजनराज सिवाकोटीले आफ्ना चर्चित गीतहरू जस्तै “सुपारीदान”, “सिन्दुर”, “शिरफुल”, “फुलबुट्टे सारी” लगायतका गीतहरू प्रस्तुत गर्ने कार्यक्रम छ। कार्यक्रममा मलेसियामा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरूबीच आपसी सद्भाव र सांस्कृतिक एकता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

उक्त कार्यक्रम भोलि आईतवार, क्वालालम्पुरस्थित स्थान होटल ग्रान्ड कन्टिनेन्टलको सभाहलमा आयोजना हुने आयोजक समितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ मलेसिया शाखाले नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *