गैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

खेम राज खत्रीको एनआरएनए मलेसिया कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा।

क्वालालम्पुर:= मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको नवौं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने पक्का भएसँगै कोषाध्यक्ष पदमा समाजसेवी युवा खेम राज खत्रीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

मलेसियामा झन्डै दुई दशकदेखि स्थायी बसोबास गर्दै आएका खेमराज खत्री विभिन्न सामाजिक संघ-संस्थासँग आवद्ध रही श्रमिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। हाल उनी NRNA मलेसिया (२०२३–२०२५) कार्यकालको केन्द्रीय सदस्यको रूपमा क्रियाशील छन्।

कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै खेमराज खत्रीले भने, “यो उम्मेदवारी कुनै पदको आकांक्षा होइन, सेवा र संस्थाको दिगो भविष्य निर्माणको एक अवसर हो। म आर्थिक पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनेछु।”

उनको प्रमुख एजेन्डा यस प्रकार छन्:

🔸 आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने
🔸 सदस्यता शुल्क र सहयोग रकमको प्रभावकारी सदुपयोग
🔸 डिजिटल वित्तीय प्रणाली तथा नियमित लेखा परीक्षण
🔸 आपतकालीन राहत कोषको दीगो व्यवस्थापन
🔸 साना व्यवसायी र श्रमिक वर्गको आर्थिक सशक्तीकरण

खत्रीले संस्थाको वित्तीय प्रणालीलाई थप पारदर्शी, डिजिटल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले हरेक सदस्यको योगदानको उचित प्रतिफल सुनिश्चित गर्ने योजना अघि सारेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button