भिडियोमनोरञ्जन

गायक तथा संगीतकार मनिपालको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले बजारमा(भिडियो सहित)।

काठमाण्डौं – संखुवासभा सभापोखरी गाउँपालिका ५, सिकिदिम गाउका गायक अनिस लिम्बू को पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ हालै सार्वजनिक भएको छ।

मौलिक लोक लयमा आधारित उक्त गीतमा परदेश बाट लाहुरे छुट्टीमा घर आउदा गाउँघरमा उत्सव मनाइने नाचगान गरिने जस्ता पुराना रितिरिवाज र बर्षौ पछि भेटिएका आफ्नो मायालु जोडि विचको प्रेम र बिछोडलाइ पुर्ण लिम्बू र सुहाङ्गमा लिम्बूको बेजोड अभिनयमा चित्रण गरिएको छ ।

हालै सार्वजनिक गरिएका शो गीतले छोटो समयमै सर्वाधिक दर्सक स्रोताहरुको मन जित्न सफल भएका छन्।
गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत ‘आकाशै राम्रो जुनले’ यतिबेला चर्चाको शिखरमा छ।

अनिस लिम्बू र सुनिता थेगीमको सुमधुर स्वरमा सजिएको गीतमा मनिपाल राईको शब्द संगीत र राजु कार्किको संगीत संयोजन रहेको छ। उक्त गीतलाई अनामनगर स्थीत किङ्स रेकर्डिङ्ग स्टुडियोमा रेकड गरिएको थियो।

म्युजिक भिडियो तर्फ:
अहिलेका सर्वाधिक लोकप्रिय म्युजिक भिडियो निर्देशक विजय मगरको निर्देशनमा बिभिन्न रमणिय स्थानहरुमा उक्त गीतको छायाँकन गरिएको हो। शो गीतमा पुर्ण लिम्बू र सुहाङ्गमा आङ्बुहाङ्ग लिम्बूको बेजोड अभिनय देख्न सकिन्छ।

बिजय मगरको निर्देशन रहेको शो भिडियोलाई अर्जुन खण्काले छायाँकन र सम्पादन गरेका हुन्।
हेर्नुहोस् पुरा भिडियो :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button