मधेसराजनीतिसमाचार

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेछ : महामन्त्री शर्मा

बारा, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी आमनिर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने दाबी गरेका छन्।

मंगलबार बारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले गठबन्धनका कारण अघिल्ला चुनावमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्नु परेको अवस्थाको अन्त्य हुने बताए।

“विसं २०८४ को निर्वाचनमा कांग्रेसले आफ्नै चुनाव चिन्हमा जनताको भोट पाउनेछ, गठबन्धनको बाध्यता अब रहने छैन,” शर्माले भने।

उनले कांग्रेसले देशको हरेक परिवर्तनमा योगदान दिएको भन्दै जनताले कांग्रेसकै नेतृत्वमा सरकार चाहेको बताए। आगामी निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार बनेर देश विकास, समृद्धि, विधिको शासन र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

“फुटेर होइन, जुटेर अगाडि बढ्न आवश्यक छ,” शर्माले कार्यकर्तालाई आग्रह गर्दै अहिले गठबन्धन सरकारका मन्त्रीहरूले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन दिए।

महामन्त्री शर्माले आगामी २०८३ सालमा पार्टीको महाधिवेशन हुने र त्यसले सहमति, सहकार्य र एकताको सन्देश दिने धारणा पनि राखे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button