मधेसशिक्षासमाचार

रौतहटमा एसईई परीक्षामा चिटका लागि प्रयोग भएका १७०६ मोबाइल बरामद, ६ निरीक्षकविरुद्ध मुद्दा

रौतहट, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन प्रयोग गरिएको १७०६ मोबाइल प्रहरीले बरामद गरेको छ। परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा ६ जना निरीक्षकविरुद्ध मुद्दा दायर गरिएको छ।

ङ्गलबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएसँगै जिल्ला सदरमुकाम गौरसहित विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले लुकाएर भित्र्याएका ४७३ मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, हालसम्म जम्मा १७०६ मोबाइल बरामद गरिएको छ।

यसैबीच, परीक्षा केन्द्रमा अनियमित गतिविधि गराएको आरोपमा ६ जना निरीक्षकलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले परीक्षाको मर्यादा उल्लंघनसम्बन्धी कसुरमा उनीहरूमाथि मुद्दा दायर गरिएको बताए।

रौतहटको एसईई परीक्षामा चिट चोराउन मोबाइलको व्यापक प्रयोग भइरहेको छ। शिक्षक तथा सहयोगीहरूले व्हाट्सएप ग्रुपमार्फत परीक्षार्थीलाई उत्तर पठाउने प्रवृत्ति बढ्दै गएको छ। गत वर्ष पनि प्रहरीले झन्डै २ हजार मोबाइल बरामद गरेको थियो, जसलाई परीक्षा सम्पन्न भएको करिब एक हप्तापछि विद्यार्थीलाई फिर्ता गरिएको थियो।

बिगतमा ‘न्याय नपाए गोर्खा जानु, एसएलसी परीक्षा पास गर्न रौतहट जानु’ भन्ने भनाइले जिल्लाको बदनाम गराएको थियो। एसएलसी प्रणाली एसईईमा रूपान्तरण भएपछि केही सुधार देखिए पनि पछिल्लो समय पुनः पुरानै प्रवृत्ति दोहोरिन थालेको छ। कतिपय शिक्षकहरूको अनुसार, विषयगत शिक्षक अभावकै कारण विद्यार्थीहरू चिट चोर्न बाध्य भइरहेका छन्।

विशेषज्ञहरूका अनुसार, मर्यादित परीक्षा प्रणाली कायम राख्नका लागि राज्यले प्रभावकारी अनुगमन गर्नुपर्ने र विषयगत शिक्षकको उचित व्यवस्था गर्नु आवश्यक देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button