Uncategorized

अहमदिया संघ नेपाल द्वारा निशुल्क आँखा शिविर सम्पन्न।

वीरगञ्ज २१ माघ
‘सबैलाई प्रेम गर कसैलाई घृणा नगर ‘ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिबार विन्दवासिनी गाउँपालिका वडा नं ५ को प्रसौनी भाठ्ठाा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
आर एम केडिया आँखा आस्पतालको प्राविधिक सहयोगमा आयोजित शिबिरमा १३७२ जानको आँखा परिक्षण गरिएकोमा २५० जनाम मोतियाबिन्दु पाईएको छ।मोतियाबिन्दु भएकाहरुलाई आर एम केडिया आँखा आस्पतालले निशुल्क रुपमा सल्यक्रिया गर्ने आयोजक संस्था
जनाएको छ।

आर एम केडिया आँखा आस्पतालका नेत्र विशेषज्ञ डा. राजदेव साह नेतृत्व को डक्टर टिमले शिविरमा आँखा परिक्षण गरेका छन्

अहमदिया संघ नेपालका अध्यक्ष कमरुलहोदा अंसारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्ज का काउन्सलर शशि भुषण कुमार, विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका प्रमुख प्रमोद तिवारी, उपप्रमुख ज्योति चौरसिया, अतिथिहरुमा वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर लगायतको विशेष उपस्थिति रहेको अहमदिया संघ नेपालका इन्चार्ज हासिम अहमदले जनकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button