समाचार

सुन र चाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

काठमाडौं, ९ असोज । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा बिक्री-वितरण भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button