राजनीतिसमाचार

घिसिङ,अर्याल र खनालगरि तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै।

काठमाडौं := प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्।

राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे हुने व्यहोरो जानकारी गराइन्छ।’ ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।

यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए। अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन्।गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी थिइन् भने साँझ तीनजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेकी थिइन्।

मन्त्री नियुक्तिको विषयमा आन्दोलनरत जेनजी पक्षले भने असन्तुष्टि जनाएको छ। आइतबार राति बालुवाटारमा प्रदर्शन गर्दै जेनजी अगुवाले गृहमन्त्री नियुक्त अर्यालमाथि प्रश्न गरेका हुन्। आन्दोलन सफल भएपछि सहजकर्ताका रुपमा पुगेका अर्याललाई गृहमन्त्री दिनु नहुने भन्दै जेनजी नेताले मध्यरातमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button