सुटकेसभित्र मृत भेटिएकी रुबिको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

16

 रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

Leave a comment