Blog

त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय

काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।

उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्याएर सानो प्वालमार्फत भित्र हावा पठाइएको छ। सुरुङभित्र अक्सिजनको व्यवस्था मिलाएसँगै खन्ने काम अघि बढाएर उद्धार टोलीलाई नै भित्र पठाउने योजनाका साथ टोली निरन्तर सक्रिय भइरहेको छ।

उद्धारकार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत टोली सुरुङको माथिल्लो भागसम्म पुगेर उद्धार प्रक्रिया अगाडि बढाएको बताएका छन्। फसेकाहरूलाई सकुशल बाहिर निकाल्न उद्धारकर्मीहरू युद्धस्तरमा खटिरहेका छन्।

भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो।

आज बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै महाशाखाले जिल्ला प्रहरी कार्यालय रसुवाको पछिल्लो वस्तुस्थिति विवरणका आधारमा तटीय क्षेत्रमा तत्काल कुनै ठूलो विपद्को जोखिम नरहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार नदी सुसाएको र बहाव बढेको प्रारम्भिक सूचनापछि गरिएको अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो खतराको तहभन्दा तलै रहेको पाइएको छ। यसअघि सतर्कता अपनाउन आग्रह गरिए पनि पछिल्लो अवस्थालाई हेर्दा रसुवा, नुवाकोट र धादिङ हुँदै बहने नदी तटीय क्षेत्र हाल सुरक्षित रहेको महाशाखाले जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लाइफको साढे दुई करोडभन्दा बढी सहयोग

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

आपत्कालीन अवस्थामा प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत पुर्याउन र पुनर्स्थापनाको कामलाई तीव्रता दिन यो सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।

विपद्‌का बेला मानसिक रूपमा कसरी बलियो बन्ने? जान्नुहाेस्

काठमाडौं, १४ भदौं । तिब्बतवाट आएको प्रलयकारी बाढीका कारण यतिखेर देशै भयभित्र र तनावग्रस्त रहेको अवस्था छ । 

 

भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्रमा प्रलयकारी बाढीका कारण सयौंको ज्यान गएको छ, सयौं बेपत्ता र हजारौं घाइते भएका छन् । मुख्यगरी ५ जिल्लाका १५ स्थानिय तह प्रत्यक्ष र भौतिक रूपमा प्रभावित भए पनि देशैभरीका मानिसहरू सो बाढीमा मृत्यु भएका, फसेका र बेपत्ता भएका खबर आइरहेका छन्, मृतक र बेपत्ताको खबरले उनीहरू लाखौं परिवार चिन्ताग्रस्त अवस्थामा छन् । यतिखेर प्रत्यक्ष प्रभावित र अप्रत्यक्ष प्रभावितहरू परिवारजन, आफान्तजन, साथीभाई शुभचिन्तकहरू मानशिक रूपमा बिक्षिप्त अवस्थामा रहेका छन् । 

 

त्यसैले यस्तो अवस्थामा मानशिक स्वास्थ्य बलियो हुनु पहिलो सर्त मानिन्छ, त्यसले बिपद र आपतमा कसरी मानशिक स्वास्थ्य स्वस्थ बनाउने भन्ने बारेमा केही टिप्सहरू हामीले यहाँ सुझाएका छौं, सायद सबैका लागि काम लाग्न सक्छ ।   

बिपद वा प्राकृतिक सङ्कटको समयमा डर, चिन्ता र तनाव हुनु स्वाभाविक मानवीय प्रतिक्रिया हो। यस्तो चुनौतीपूर्ण परिस्थितिमा मानसिक शान्ति कायम राख्न र मानसिक स्वास्थ्यलाई बलियो बनाउन निम्न व्यवहारिक तथा वैज्ञानिक तरिकाहरू अपनाउन सकिन्छ ।

 

१. सूचना र समाचारको नियन्त्रित प्रयोग

तथ्यगत जानकारी मात्र लिनेः अनर्गल प्रचार, हल्ला वा डराउने खालका खबरहरूबाट टाढा रहनु होस्। केवल आधिकारिक र भरपर्दो स्रोतबाट मात्र सूचना लिनुहोस्।

मिडिया डिटोक्सः लगातार विपदका खबर वा भिडियोहरू हेरिरहँदा मस्तिष्कले थप तनाव महसुस गर्छ। दिनमा १–२ पटक मात्र समाचार हेर्ने निश्चित समय छुट्याउनु होस्।

 

२. शारीरिक तथा श्वासप्रश्वासको अभ्यासः

गहिरो श्वासप्रश्वासः जब डर वा घबराहट महसुस हुन्छ, ४ सेकेन्डसम्म नाकबाट बिस्तारै श्वास भित्र तान्नुहोस्, ४ सेकेन्ड रोक्नुहोस् र ६ सेकेन्डसम्म मुखबाट बिस्तारै छाड्नुहोस्। यसले ‘प्यारासिम्प्याथेटिक’ स्नायु प्रणालीलाई सक्रिय गराई मन शान्त बनाउँछ।

माइन्डफुलनेस र ध्यानः वर्तमान पलमा केन्द्रित हुने अभ्यास गर्नुहोस्। ध्यान वा शान्त ठाउँमा बसेर आफ्नो श्वासप्रश्वासमा ध्यान दिनाले चिन्ता कम हुन्छ।

 

३. भावना व्यक्त गर्ने र सामाजिक सहयोग

कुराकानी गर्नेः आफ्ना डर, चिन्ता र भावनाहरू परिवारका सदस्य, साथीभाइ वा भरपर्दा व्यक्तिहरूसँग बाँध्नुहोस्। भावना दबाएर राख्दा मानसिक दबाब बढ्छ।

सहयोग आदानप्रदानः क्षमता अनुसार अरूलाई सहयोग गर्दा वा स्वयंसेवामा सहभागी हुँदा मनमा आत्मसन्तोष र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।

 

४. दैनिक दिनचर्या र शारीरिक हेरचाहः

सन्तुलित भोजन र पर्याप्त निद्राः मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। समयमा पौष्टिक खाना खाने, पर्याप्त पानी पिउने र कम्तीमा ७–८ घण्टा सुत्ने प्रयास गर्नुहोस्।

सामान्य दिनचर्या कायम राख्नेः सम्भव भएसम्म आफ्नो दैनिक काम, सरसफाइ र खाना खाने तालिकालाई नियमित बनाउनुहोस्। यसले जीवन नियन्त्रण मै रहेको अनुभूति गराउँछ।

 

५. आफ्नो नियन्त्रणमा रहेका कुरामा ध्यान दिनेः

नियन्त्रण गर्न सकिने कुरास् आफ्नो सुरक्षा, पूर्वतयारी, खानपान र आफ्ना विचारहरूलाई मात्र नियन्त्रण गर्न सकिन्छ।

नियन्त्रण बाहिरका कुराः विपदको प्रकृति, मौसम वा भइसकेका घटनाहरू हाम्रो नियन्त्रणमा हुँदैनन्। नियन्त्रण बाहिरका विषयमा धेरै चिन्ता गर्नुको साटो आफूले के गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुहोस्।

 

 

यदि चिन्ता, निद्रा नलाग्ने समस्या वा घबराहट धेरै दिनसम्म जारी रह्यो र दैनिक जीवन नै प्रभावित हुन थाल्यो भने नजिकका मनोविद् वा मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श लिनु उपयुक्त हुन्छ।

सायल गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

धनगढी । डोटीको सायल गाउँपालिकाले रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष धर्मराज जोशीका अनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै शनिबार बसेको बैठकबाट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय भएको हो।

यसैगरी, रसुवामा गएको बाढीमा परेर बेपत्ता भएका डोटीका दुई जना नागरिकको परिवारलाई खोजीकार्यका लागि गाउँपालिकाले आर्थिक सहायता दिने भएको छ। बेपत्ता रहेका शिखर नगरपालिका–४ का दीपक महरा र दिपायल सिलगढी नगरपालिका–७ का किर्तसिंह विष्टका परिवारलाई खोजीका लागि यात्रा तथा अन्य खर्चस्वरूप प्रतिपरिवार १०–१० हजार रुपैयाँ उपलब्ध गराइने अध्यक्ष जोशीले जानकारी दिए।

यौन दुर्व्यवहार मुद्दामा तीन बेलायती पूर्व खेलाडी दोषी ठहर

काठमाडाैं, १४ भदाैं । मोरोक्कोमा एक स्प्रिन्टिङ (दौड) प्रशिक्षकद्वारा नाबालिगमाथि भएको यौन दुर्व्यवहारको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा बेलायतका तीन पूर्व खेलाडी दोषी ठहरिएका छन्।

 

 

यस कानुनी कारबाहीको परिणाम स्वरूप 'युके एथलेटिक्स'का प्रशिक्षक एवं सन् २०१० को कमनवेल्थ गेम्समा २०० मिटर दौडका स्वर्ण पदक विजेता लियोन ब्याप्टिस्ट जेल परेका हुन्।

 

बीबीसी स्पोर्टले उनको दोषी ठहर र जेल सजायको खुलासा गर्नु अघि ब्याप्टिस्ट मोरोक्कोमा हराएको दाबी गरेकाे थियो। अदालतका फैसलाहरूका आधारमा सोही मुद्दासँग सम्बन्धित अन्य दोषीहरूबारे थप विवरणहरू सार्वजनिक भएका छन्।

 

कमनवेल्थ गेम्समा दुई पटक रजत पदक जितेका हर्डलर (बाधा दौडका खेलाडी) विल शर्मन, उनका भाइ एवं पूर्व बब्सले खेलाडी रिचर्ड शर्मन र बब्सलेकै अर्का पूर्व खेलाडी लामिन डिन, जो सबै ब्याप्टिस्टसँग बिदा मनाउन गएका थिए, नाबालिगलाई प्रलोभनमा पार्ने कार्यमा संलग्न रहेको अभियोगमा दोषी ठहरिएका हुन्। सोही कसुरमा उनीहरूका परिचित एस्ली ओलेरी जोन्स र डेभिड टक पनि दोषी ठहरिएका छन्।

 

तर, उक्त समूहले आफ्ना वकिलहरूमार्फत आफूहरू कहिल्यै पक्राउ नपरेको र दोषी ठहर भएको विषयमा अनभिज्ञ रहेको दाबी गरेका छन्। ती पाँचै जनाको तर्फबाट एक प्रवक्ताले बीबीसी स्पोर्टलाई भने, "विलियम, रिचर्ड, लामिन, डेभिड र एस्ली अचानक आइपरेको यस परिस्थितिबाट स्तब्ध र विचलित भएका छन्। उनीहरू जानी-जानी कुनै पनि गैरकानुनी वा अनुचित कार्यमा संलग्न भएको आरोप अस्वीकार गर्छन्। आफूहरूमाथि तोकिएका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेरै मोरोक्कोबाट फर्किएको उनीहरूको भनाइ छ। त्यतिबेला करिब ४० पाउण्ड बराबरको प्रशासनिक जरिवाना तिरेपछि सो मामिला टुङ्गिएको उनीहरूले बुझेका थिए।"

 

त्याे बेला माराकेसको बाहिरी इलाका तामेन्सोर्टस्थित एक भिल्लामा प्रहरीले छापा मारेको थियो। एक किशोरीले प्रहरीलाई सम्पर्क गरी आफूलाई सो भिल्लामा ल्याइएको, ब्याप्टिस्टसँग यौन सम्पर्क गरेबापत दिने भनिएको रकम नपाएको र घडी चोरेको आरोपमा घरको हेरचाह गर्ने व्यक्ति (हाउसकिपर) बाट कुटपिटको सिकार हुनुपरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो। जुन घटना पछि याे खुलासा भएकाे थियाे ।

 

त्यसपछि ४१ वर्षीय ब्याप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेकोमा दोषी ठहरिए र उनलाई १० महिनाको जेल सजाय सुनाइयो। पछि पुनरावेदनमार्फत उक्त सजाय घटाएर आठ महिना कायम गरिएको थियो।

 

अदालतले फैसला सुनाउँदासम्म उक्त समूह मोरक्कोबाट बाहिरिइसकेको थियो। तथापि, जुलाईमा भएको पुनरावेदन सुनुवाइले उनीहरूमाथिको दोषी ठहर र सजायलाई यथावत् राख्यो।

 

बीबीसी स्पोर्टलाई आफ्ना वकिलमार्फत दिएको प्रतिक्रियामा शर्मन दाजुभाइ, डिन, ओ'लेरी जोन्स र टकले आफूहरू चालकको सुझावका आधारमा 'मोन्टेक्रिस्टो' नाइटक्लब गएको बताएका छन्। उक्त स्थान कुनै अमर्यादित वा शंकास्पद ठाउँ होला भन्ने सोच्नुपर्ने कुनै कारण नभएको उनीहरूको दाबी छ।

 

उनीहरूका अनुसार ती युवतीको उमेरबारे आफूहरूलाई कुनै जानकारी थिएन र समूहका केही सदस्यहरूलाई त नाइटक्लबमा उनलाई देखेको समेत याद छैन। साथै, आफूहरू बसेको भिल्ला निकै ठूलो भएकाले भिल्लाभित्र ती पुरुषहरू र ब्याप्टिस्टबीचको अन्तरक्रिया पनि सीमित नै रहेको उनीहरूले दावी गरिरहेका छन् ।

 

काठमाडौं महानगरद्वारा बाढीप्रभावितका लागि निःशुल्क यातायात, दुई गाडी नुवाकोट प्रस्थान

काठमाडौं । विनाशकारी बाढीका कारण अलपत्र परेका नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ।

महानगरको सहायता कार्यक्रमअन्तर्गत आज बिहान ०६:०० बजे काठमाडौंबाट नुवाकोटतर्फ दुई वटा बस परिचालन गरिएको छ। अलपत्र नागरिकहरूको सहज यात्रा र यात्राको सुरक्षालाई ध्यानमा राख्दै महानगर प्रहरीको विशेष टोलीसहित गाडीहरू पठाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

बाढीपहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भई अलपत्र परेका सर्वसाधारणलाई सुरक्षित रूपमा गृहजिल्ला पुर्याउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रहरूमा पनि निःशुल्क यातायात सेवा र उद्धार टोली विस्तार गर्दै लगिने महानगरपालिकाले जनाएको छ।

फ्रान्सेली फरवार्ड ब्राडली १२३ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध

काठमाडौं, १४ भदौ। लिभरपुलले पेरिस सेन्ट-जर्मेनका फरवार्ड ब्राडली बार्कोलाका लागि १२ करोड ३० लाख पाउन्ड (१२३ मिलियन पाउन्ड) सम्मको सम्झौतामा सहमति जनाएको छ।

 

 

सुरुमा पीएसजीले फ्रान्सेली आक्रमणकारीको मूल्य १४ करोड ५० लाख पाउन्ड तोकेको थियो तर ‘रेड्स’ (लिभरपुल) ले सुरुमा १० करोड ६० लाख पाउन्ड र सम्भावित थप भुक्तानी बापत १ करोड ७० लाख पाउन्डको प्याकेज दिने भएकाे थियाे । तर, अन्तत १२ कराेड २० लाख पाउन्डमा सहमति जुटेकाे हाे । 

 

२३ वर्षीय खेलाडीले एनफिल्डमा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नुअघि यसै सप्ताहान्तमा मेडिकल परीक्षण गराउने अपेक्षा गरिएको छ। दायाँ खुट्टाले खेल्ने बार्कोला बायाँ विङमा खेल्न रुचाउँछन् र उनको आगमनले लिभरपुलमा कोडी गाक्पोको भविष्यबारे शङ्का बढाउने छ। बीबीसी स्पोर्टका अनुसार टोटनह्याम हटस्पर र म्यानचेस्टर सिटी दुवैले नेदरल्यान्ड्सका फरवार्डमा चासो देखाएका छन्।

 

लिभरपुल दायाँ विङ्गरको खोजीमा पनि छ; उनीहरूले ब्राइटनका यान्कुबा मिन्तेह र क्रिस्टल प्यालेसका इस्माइला सारलाई भित्र्याउने प्रयासबारे पनि विचार गरेका थिए। विगत दुई गर्मीयाममा लुइस डियाज र मोहम्मद सलाह बाहिरिए पछि आफ्नो आक्रमण पङ्क्तिलाई बलियो बनाउने क्रममा बार्कोला लिभरपुलको मुख्य लक्ष्य बनेका छन्।

 

उनी सन् २०२३ मा लियोनबाट ३ करोड ८५ लाख पाउन्डमा पीएसजीमा आबद्ध भएका थिए र उनले तीन लिगमध्ये १ उपाधि, दुई च्याम्पियन्स लिग, दुई पटक फ्रेन्च कपका साथै युइएफए सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितेकाे टिममा थिए ।

 

यस गर्मीको विश्वकपमा फ्रान्सका लागि तीन गोल गरेका बार्कोला दायाँ वा बीचको भागबाट पनि खेल्न सक्छन्। ह्युगो एकिटिके गम्भीर ‘अकिल्स’ चोटबाट निको हुँदै गर्दा उनले अलेक्जेन्डर इसाकका लागि विकल्प प्रदान गर्न सक्छन्।

 

शनिबार नटिङ्घम फरेस्टविरुद्धको खेल अघि बोल्दै रेड्सका प्रशिक्षक एन्डोनी इराओलालाई गाक्पोको भविष्यबारे सोधिएको थियो। उनले “केही पनि ग्यारेन्टी गर्न नसकिने” बताए पनि २७ वर्षीय खेलाडीलाई क्लबमै राख्न चाहेको उल्लेख भने गरेका छन् ।

 

“विश्वकप र बिदाबाट फर्किएपछि [गाक्पो] को प्रदर्शन र मनोवृत्ति निकै राम्रो रहेको छ। म आशा गर्छु कि हामी उनलाई सोही स्तरमा कायम राख्न सक्छौँ किनभने मलाई लाग्छ उनी हाम्रा खेलहरूमा निकै प्रभावशाली रहेका छन्,” इराओलाले भने।

आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने

काठमाडौं, १४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

 

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

 

राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

 

कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

 

ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहतमा असर पर्ने सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

आजको विश्वः ३० अगस्तका दिन विश्वमा घटेका प्रमुख घटनाहरू

विश्व इतिहासमा अगस्ट ३० का दिन धेरै महत्त्वपूर्ण राजनीतिक, ऐतिहासिक तथा वैज्ञानिक घटनाहरू घटेका छन्, जुन यस्ता थिए । 

 

प्रमुख ऐतिहासिक घटनाहरू

इस्वी संवत् १७२१ (ग्रेट नर्दर्न वारको अन्त्य): स्विडेन र रुसबीच निस्टाडको सन्धि (Treaty of Nystad) मा हस्ताक्षर भई २१ वर्ष लामो 'ग्रेट नर्दर्न वार' औपचारिक रूपमा समाप्त भएको थियो।   

 

इस्वी संवत् १८३५ (मेलबर्न सहरको स्थापना): अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नको स्थापना भएको थियो।   

 

इस्वी संवत् १९१८ (भ्लादिमिर लेनिनमाथि आक्रमण): बोल्सेभिक नेता भ्लादिमिर लेनिनमाथि फान्या काप्लानले गोली प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन्, जसपछि रुसमा 'रेड टेरर' को सुरुवात भएको थियो।   

 

इस्वी संवत् १९४१ (लेनिङग्राडको घेराबन्दी): दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीका सेनाले रुसी सहर लेनिङग्राड (हालको सेन्ट पिटर्सबर्ग) लाई घेरा हाल्न सुरु गरेका थिए।   

 

इस्वी संवत् १९६३ (हटलाइन सेवाको सुरुवात): शीतयुद्धका बेला अमेरिका र सोभियत संघका नेताहरूबीच सम्भावित आणविक युद्ध रोक्न र प्रत्यक्ष कुराकानी गर्न वासिङ्टन-मस्कोबीच 'हटलाइन' (द रेड फोन) सेवा सञ्चालनमा आएको थियो।   

 

इस्वी संवत् १९६७ (पहिलो अफ्रिकी-अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश): थर्गुड मार्सल अमेरिकी सर्वोच्च अदालतको पहिलो अफ्रिकी-अमेरिकी न्यायाधीशका रूपमा अनुमोदन भएका थिए।   

 

इस्वी संवत् १९८४ (स्पेस शटल डिस्कभरीको पहिलो उडान): नासाको अन्तरिक्ष यान 'डिस्कभरी' ले आफ्नो पहिलो सफल उडान भरेको थियो।   

 

इस्वी संवत् १९९१ (अजरबैजानको स्वतन्त्रता): सोभियत संघको विघटनको क्रममा अजरबैजानले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको थियो।   

 

इस्वी संवत् १९९९ (पूर्वी टिमोरमा जनमत संग्रह): पूर्वी टिमोरका जनताले इन्डोनेसियाबाट अलग्गिएर स्वतन्त्र राष्ट्र बन्ने पक्षमा ऐतिहासिक मतदान गरेका थिए।   

 

जन्म र निधन

जन्म: बेलायती लेखिका तथा चर्चित उपन्यास 'फ्र्याङ्केन्स्टाइन' कि सर्जक मेरी शेली (१७९७) र अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेट (१९३०) को जन्म यसै दिन भएको थियो।