आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम सम्पन्न

127

फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कार्यक्रमका कार्यक्रम अध्यक्ष फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारी, प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले गरेका थिए ।

माघ २४ गतेदेखि २६ गतेसम्म आयोजित तालिममा प्रशिक्षकका रूपमा कृषि प्रसार अधिकृत राजबंशी प्रसाद चौरसिया र कृषि अधिकृत राम बहादुर कुशवाहाले सहजीकरण गर्नुभएको थियो ।
तालिमका बारेमा बोल्दै प्रशिक्षार्थि कृषक सबिला खातुन र महमजान मियाले तालिम धेरै प्रभावकारी भएको र अब व्यवहारमा लागु गरेमात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए । तालिमको अबधिमा धेरै प्राबिधिक कुरा सिक्न पाएको भन्दै आवको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए ।

तालिम समापन कार्यक्रममा बोल्नु हुदै कृषकलाई आधुनिक र व्यवसायिक खेती प्रणाली तर्फ आकर्षित गरेर समृद्ध पालिका बनाउनका लागि बेमौसमी तरकारी  खेती सम्बन्धि  तालिम सञ्चालन गरिएको र तालिमले कृषकको उत्पादन रुचिमा अझै आत्मविश्वास बढाएको र प्राबिधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न गाउँपालिका उप-प्रमुख निलम साहले  आग्रह गरेका थिईन ।

कार्यक्रममा यस गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको प्राबिधिक टिमले उत्पादन गरेको ट्राइकोडर्माको मल्टिपलाई गर्ने गरि प्रयोगात्मक सीप सिकाइ नमूनाको रुपमा ट्राइकोडर्मा तालिममा सहभागी भएका कृषकहरुलाई वितरण गरियो ।

गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले आवश्यकता अनुसारको तरकारी खेतीको लागि कृषकरुलाइ माटोको नमुना कलेक्स्न कसरी गर्ने, बेमौसमी नर्सरी कसरी निर्माण र ब्यवस्थापन गर्ने र प्राङ्गारिक मल र जीवाणुमल बनाउने तरिका, बोटबिरुवा लाई चाहिने पोशक तत्व र कमिका लक्षण बारे कृषकहरुलाई जानकारी गराउनु भयो ।

त्यस्तै कार्यक्रम अध्यक्ष अंसारीले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु जरुरत रहेको बताए । उनले यस तालिमबाट व्यवसायिक क्षमता अभिवृद्धि भई सहभागीको आम्दानीमा सुधार हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उप-प्रमुख निलम साह, अतिथी लेखा शाखा प्रमुख भोला प्रसाद यादव, इन्जिनियर जाकिर हुसेन अंसारी, प्रशिक्षक कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत राजवंशी प्रसाद चौरसिया र परवानीपुर गाउँपालिकाका कृषि अधिकृत रामबहादुर कुशवाहा, समाजसेवी मनोज साह कलवार लगायत ३० जना कृषकहरूको सहभागिता रहेको थियो।

Leave a comment