मलेसिया बिशेषसमाचारसमाज

संघ सस्था द्वारा संयुक्त मलेसियामा नव नियुक्त राजदुतलाई स्वागत ।

क्वालालम्पुर मलेसिया:नेपाली राजदुतावास क्वालालम्पुरको लागि राजदुत नियुक्त भएर मलेसिया आइपुगेका राजदुत राजदुत नेत्र प्रसाद तिमल्सिना लाई मलेसियामा रहेका सक्रिय संघ सस्था हरुले संयुक्तरुपामा स्वागत गरेका छ्न ।

मलेसियामा नयाँ राजदूत नियुक्त भएर आउँदा मलेसियामा रहेका संघसंस्थाहरुले सदैब स्वागत गर्ने गरेको भन्दै तेसैलाइ निरन्तरतादिदै आफू हरुले स्वागत कार्यक्रम राखेको कार्यक्रम संयोजक गैर आवासीय नेपाली संघ मलेसियाका का पुर्ब अध्यक्ष बिनोद थापा बताए । थापाको सम्योजकत्वमा विभिन्न सामाजिक राजनीतिक संघसंस्था र समाजसेवी ब्यक्तिहरुको आर्थिक र नैतिक सहयोग समन्वयमा आईतवार नेपाली राजदूतावास सङै रहेको भवनको सभाहलमा एक कार्यक्रमका आयोजना गरि संयुक्त रुपमा स्वागत गरेका हुन।

सबै राजनीतिक दलका भात्री संगठनका प्रतिनिधि र केही व्यावसायि हरुले स्वागत मन्तव्य राखेका थिए। संचारकर्मीहरुको प्रतिनिधित्व गर्दै स्वागत मन्तव्यका क्रममा दूतावास बाट दिइदै आएका सेवा हरुलाई थप प्रभावकारी मर्यादित बनाउन पर्ने सूचनाको हक कटौती नगर्दिन र कुनै पार्टी विशेष नबन्दिन मलाया खवरका संचारकर्मी घनस्याम चौधरीले मन्तव्यका क्रममा बोलेका थिए । स्वागत मन्तव्यकै क्रमा व्यावसायि खगेन्द्र न्यौपानेले कामदार चौबिस घन्टे इन्स्योरेन्स हुनुपर्ने , श्रम स्वीकृती नविकरण को प्राबधान मा र समग्र मलेसिया सङको श्रम सम्झौतामा पुनरावलोकन जरुरी रहेको बताएका थिए।

स्वगत कार्यक्रममा राजदूताबासका डिसिएम मुद्दिता बज्राचार्य प्रसासकिय प्रमुख अधिकृत प्रथम सचीव बलिराम धामी लगाएतका कर्मचारीको समेत उपस्थिति थियोे ।

स्वागत कार्यक्रम लाई सम्बोधन गर्दै राजदुत नेत्र प्रसाद तिमल्सिना नेपाली राजदूतावास सबैको साथि बनेर मलेसियामा रहेका नेपालीलाई सेवा दिनेमा बिस्वास दिलाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button