राजनीतिराष्ट्रियसमाचार

बयानका लागि रवि लामिछानेलाई रुपन्देही लगिने

कार्तिक २७  काठमाडौं ___ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज मंगलबार बयानका लागि रुपन्देही ल्याउने तयारी भएपछि रास्वपाले विरोध प्रदर्शनको तयारी गरेको छ । रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको जानकारी गराए । पाठकले भने, ‘सभापतिलाई आज ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने÷नल्याउने जे गरेपनि आज हामी विरोध गर्ने तयारीमा छौं ।’

लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार आज मंगलबार विहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ । आज नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button