मधेससमाचार

जिल्ला प्रहरी कार्यालय धनुषाको असोज महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरिक्षक मिश्रा

जनकपुर ___जिल्ला प्रहरी कार्यालय धनुषाको असोज महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरिक्षक निकिता मिश्रा भएकी छिन। जिल्ला प्रहरी कार्यालय धनुषामा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा दरबन्दी भई यस कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक निकिता कुमारी मिश्राले महिला बालबालीका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको रुपमा कार्यरत रही असोज महिनामा घरेलु हिंसा र लैंङ्गिक हिंसा सम्बन्धी परेको उजुरी स्थानिय जनप्रतिनिधी, गाँउ समाज तथा पक्ष विपक्षको राय सुझाव अनुसार ३६ (छत्तिस) वटा उजुरी सफलता पूर्वक अनुसन्धान गरी फर्छौट गरेको, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघसस्थाहरु संग समन्वय गरी प्रभात फेरी गरी सचेतना मुलक कार्यक्रम, वृहत जनकपुर नगरी सरसफाई कार्यक्रम, जेष्ठ नागरिक दिवस, मानववेचबिखन बिरुद्दको कार्यक्रम तथा अन्य विविध कार्यक्रमहरु गरी सचेतना अभिबृद्धिमा अहम भुमिका निर्वाह गरेकि छिन।
प्रहरी निरीक्षक निकिता कुमारी मिश्रा डियुटीमा खटिएको समयमा अवैधरुपमा हुने भन्सार चोरी निकासीका मालसामानहरु असोज महिनामा अं. रु २९,२९,६२०/- (उन्नतिस लाख उनन्तिस हजार छ सय विस) मुल्य बराबरको मालसामानहरु बरामद गरी राजश्व वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको,अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा असोज महिना भरीमा उत्कृष्ट कार्यसम्पादन गरेको हुँदा निजले गरेको उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै निज प्रहरी निरीक्षकलाई २०८१ साल असोज महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी ले जानकरी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button