सिमरा,
उज्यालो पर्व तिहारको बेलामा देशको औद्योगिक प्रतिष्ठानहरु अन्धकार बनाएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दैजीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विद्युत प्राधिकारणको कदम सच्याउनआग्रह गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाइनकोविवादनयाँ नरहेको वार्ता र सहमतीको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक वे–वास्ता गर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ । ‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण यस जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामाआइरन तथाअशोक स्टिल इन्डष्ट्रिज मारमा परेका छन् । तिउद्योगले देशको रोजगारी तथा कुल ग्राहस्र्थ उत्पादनमा पुर्याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय छ ।’
संघका अध्यक्ष मोहन शर्मा लामिछाने द्वारा जारी विज्ञप्तिमा भनिएको छ । देशमा गरी खानपाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी/व्यवसायी माथी भइरहेको आक्रमणले उद्योगीलाई त्रसितपारिरहेको उद्योग व्यवसाय माग रिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सरकार र सरकारका विभिन्न निकायले पटक–पटक उद्योगी व्यवसायी माथी गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।
‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युत लाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युत प्राधिकरण सहित सम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
