Modern technology gives us many things.

बारा र पर्साका प्रजिअको सरुवा

95

बारा,

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शशिधर घिमिरेको सरुवा भएसँगै उनको स्थानमा बिपद ब्यवस्थापन प्राधिकरणबाट बसन्त अधिकारी आउने भएका छन् ।

शुक्रवार गृह मन्त्रालयले एकै पटक १७ जना प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।

यस क्रममा बाराका सिडिओ घिमिरेको गृह मन्त्रालय र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

पर्सामा भुसालको ठाउँमा रुपन्देहीका प्रजिअ गणेश अर्याल आउने भएका छन्।  गृह मन्त्रालयले अर्याललाई पर्सा पठाउने निर्णय गरेको हो ।

 

Leave a comment